तपाईँ सुन्दै हुनुहुन्छः

मेडिकल कलेज कोहलपुरमा कोभिड सङ्क्रमितको सफल डायलासिस

    
बाँके । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एक जना कोरोना संक्रमित बिरामीको डायलासिस गरिएको छ । कोहलपुर–११ का ६१ वर्षीय संक्रमित पुरुषको सफल डायलासिस गरिएको अस्पतालका डा देवेन्द्र आचार्यले बताउनुभयो ।
डायलाइसिस पछि बिरामीको स्वास्थ्य सुधारोन्मुख रहेको डा आचार्यले बताउनुभयो । दोस्रो लहरको भाइरस संक्रमण सुरु भएपछि डायलाइसिस गरिएको यो पहिलो केस हो । कोरोना सङ्क्रमणको पहिलो लहरको बेला भने ६ जना बिरामीको सफल डायलाइसिस गरिएको अस्पतालले जनाएको छ ।
डा आचार्य सँगै स्टाफ नर्सहरू मनीषा गौतम र अनिता चौधरीको टोलीले डायलाइसिस गरेको थियो । चितवन पश्चिममा भाइरस सङ्क्रमितको डायलाइसिस सेवा दिने मेडिकल कलेज एक मात्रै अस्पताल भएको पनि डा आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button