तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण

धनगढी । नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गर्नु भएको छ । कैलालीको धनगढी स्थित प्रदेश प्रमुखको कार्यालयमा आज एक कार्यक्रमका बिच उहाँले पदभार ग्रहण गर्नु भएको हो ।
त्यस क्रममा प्रदेश प्रमुख यादवले कानुन र संविधान बमोजिम काम गर्ने बताउनुभयो । पदभार ग्रहण कार्यक्रम उच्च सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेकाले उहाँ डोटी जानु भएकाले पदभार ग्रहणमा सहभागी हुन नसक्नु भएको प्रदेश प्रमुख कार्यालयका उपसचिव पुष्कर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button