तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज हेटौँडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १५४ जनाको श्वास परीक्षणमा १०१ जना र एन्टीजेन विधिबाट २० जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।
१ सय १४ सङ्क्रमितमध्ये ५३ महिला र ६१ पुरुष रहेको उहाँले जानकारी दिनुभयो । जाँच गरिएकामध्ये ६५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button