तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप दुई को मृत्यु

पाल्पा । पाल्पामा शुक्रवार थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै जिल्लामा कोरोना सङ्क्रमणकै कारण थप दुई जनाको मृत्यु भएको छ ।
तानसेन ७ का ५२ वर्षीय पुरुष र तानसेन ३ का ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
पीसीआर र एन्टिजेन परीक्षणमा ९८ जना सङ्क्रमण थपिएका हुन । यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ३४ पुगेको छ ।
हाल सम्म पाल्पामा कुल सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय ९४ पुगेको छ । संक्रमित मध्ये २ हजार १ सय ४३ जना निको भएका छन् भने ४६ जनाको निधन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button