तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा थप ७ सय ८२ जना संक्रमित 

रुपन्देही । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी प्रभावित बनेको रुपन्देहीमा आज ७ सय ८२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२२१ नमुना परीक्षण गर्दा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यो अवधिमा ११ जनाको मृत्यु हुँदा सङ्क्रमणबाट अहिलेसम्म २४३ जनाले ज्यान गुमाएका छन् । आज २६० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । आज थपिएकासँगै जिल्लामा ६००० जना सक्रिय सङ्क्रमितमध्ये २६९ जनामा लक्षण देखिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी ३७१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button