तपाईँ सुन्दै हुनुहुन्छः

शुक्रवार दोलखामा २२ जनामा कोरोना संक्रमण पुष्टि

दोलखा । दोलखामा शुक्रवार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । सङ्क्रमितहरूमा १३ जना पुरुष र ९ जना महिला रहेका छन् ।
प्राप्त विवरण अनुसार शुक्रवार भीमेश्वर नगरपालिकामा छ जना पुरुष र छ जना महिला गरी १२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसै गरी मेलुङ गाउँपालिकामा दुई जना पुरुष र एक जना महिला गरी तीन जना, शैलुङ गाउँपालिकामा दुई जना पुरुष र एक जना महिला गरी तीन जना, तामाकोसी गाउँपालिकामा दुई जना पुरुष र एक जना महिला गरी तीन जना तथा विगु गाउँपालिकामा एक जना पुरुष गरी जिल्लामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा कोरोनाको दोस्रो लहर पछि ७१ जना पुरुष र ४० जना महिला गरी शुक्रवारसम्म एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रमित मध्ये होम आइसोलेसनमा १ सय ४ जना र अस्पतालको आइसोलेसनमा सात जना रहेको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button