तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जबाट ९ थान भारतीय मोटरसाइकल बरामद

वीरगञ्ज । निषेधाज्ञाको समयमा अवैध रुपमा वीरगन्जमा भेटिएका ९ थान भारतीय नम्बरको मोटरसाइकल चोरीको हुनसक्ने आशङ्कामा पर्सा प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
विभिन्न कम्पनीको भारतीय मोटरसाइकलहरू चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण वडा एरिया तथा वीरगञ्ज नगरभित्र चलाइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६, २२ र ३ स्थित सडक खण्डमा चेकजाँचको क्रममा बेवारिसे अवस्थामा भेटिएका ९ थान मोटर साइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
बरामद गरिएको मोटर साइकलको मूल्य ६ लाख ७० हजार मूल्य कायम गरी विआर ०५ भि ०११६, विआर ०५ एम ३४२४, विआर ०५ यही ९९७३, विआर ०५ एवी ८४९६, विआर २२ एफ १९४०, विआर ०५ एक्स ६६४७, विआर ०५ यु ९०२६, विआर ०५ वाई १९२८ र विआर ०५ वाई ६३४६ नम्बरका भारतीय मोटर साइकलहरू बरामद गरी थप कारबाहीका लागि भन्सार पठाइएको खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button