तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको स्वाब सङ्कलन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि स्वाब नमुना सङ्कलन गरिएको छ । बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब सङ्कलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताउनुभयो ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसद् बैठक डाकिएकाले यसअघि नै प्रतिनिधिसभा सांसदहरूको समेत कोरोना परीक्षण गरि सकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button