तपाईँ सुन्दै हुनुहुन्छः

सिञ्जा गाउँपालिकाले जनप्रतिनिधि चढ्ने गाडीलाई कोभिड एम्बुलेन्सका रुपमा प्रयोग गर्ने

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले गाउँपालिकाको गाडीलाई कोभिड एम्बुलेन्सका रुपमा प्रयोग गर्ने बताउनुभएको छ ।
सिञ्जा गाउँपालिकाले संक्रमित बोक्न जनप्रतिनिधि चढ्ने गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको हो । कोरोना सङ्कटका बेला संक्रमित ओसारपसार गर्न आफु चढ्ने गाउँपालिकाको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गरिने अध्यक्ष देवलसिंह रावलको भनाई छ ।
उहाँले भन्नु, ‘गाउँपालिकामा एक एम्बुलेन्स छ । एम्बुलेन्सले दुई महिना देखि संक्रमित बिरामी ओसारपसार गरिरहेको छ । गाउँपालिकाले कोभिड बिरामी बोक्नको लागि एउटा अर्को गाडी पनि व्यवस्थापन गरेको छ । उनका अनुसार, ‘सङ्क्रमितको सङ्ख्या हेरेर गाउँपालिकाको गाडी पनि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने तयारीमा छौँ ।’
सिञ्जा गाउँपालिकाले तीन वटै गाडी तयारी अवस्थामा राखेको छ । सङ्कटको बेला हामीलाई गाडी चाहिदैन् । जनताको भरपुर सेवा गर्न सके मात्र पुण्य कमाउन सकिन्छ, अध्यक्ष रावलले भन्नुभयो,‘सङ्कटको समयमा जनताको सेवा गर्नु स्थानीय सरकारको कर्तव्य र जिम्मेवारी हो । जनता बाँचे हामी बाच्छौँ । जनता नरहे हामी पनि रहँदैनौँ ।’
एक साता अघि जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एम्बुलेन्स भाडामा लिने निर्णय गरेको थियो । एम्बुलेन्स भाडामा लिनको लागि तीन दिनभित्र हरेक स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन समितिको खातामा एक एक लाख रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
तीन दिन सम्म रकम जम्मा हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना सङ्क्रमितले सम्बन्धित स्थानीय तहमा आउजाउका लागि स्थानीय तहमा सम्पर्क राख्न आग्रह गरेको थियो । त्यही सिलसिलामा सिजा गाउँपालिकाले कोरोना सङ्क्रमितका लागि भन्दै तीन वटा गाडी तयारी अवस्थामा राखेको हो ।
गाउँपालिका अध्यक्ष रावलले आफूले चढ्दै आएको गाडी समेत कोरोना संक्रमित ओसारपसारको लागि प्रयोग गर्ने भए पनि स्थानीय उत्साहित छन् । गाउँपालिका गाडीले निःशुल्क बिरामी ओसारपसार गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button