तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा एकै दिन थपिए ६१ जना कोरोना संक्रमित 

तनहुँ । तनहुँमा नयाँ ६१ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको भानु नगरपालिकामा १ जना, शुक्लागण्डकी नगरपालिकामा १ जना, म्याग्दे गाउँपालिकामा ४ जना, व्यास नगरपालिकामा ८ जना, भिमाद नगरपालिकामा १९ जना र पालिका नखुलेका २८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
भानु–१ का ३५ वर्षीय पुरुष, शुक्लागण्डकी–४ का ५० वर्षीय पुरुष, म्याग्दे–२ का ३०, ३०, ६३ वर्षीय पुरुष, म्याग्दे–३ की ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै व्यास–१ की ६० वर्षिया महिला र ३९, ४२ वर्षीय पुरुष, व्यास–३ का ५८ वर्षीय पुरुष, व्यास–४ का २८ वर्षीय पुरुष र ३९ वर्षीया महिला, व्यास–५ का २३, ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।
त्यस्तै भिमाद–१ की ३३ वर्षीया महिला र २७, ४५ वर्षीय पुरुष र भिमाद–२ का ४२ वर्षीय पुरुष, भिमाद–४ की ३२ वर्षिया महिला, भिमाद–६ की ३३, ३६, २०, ३६, ६२, ३२ १७, ३९, २८ वर्षिया महिला र ४१, ४, ६२, १७, १२ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै पालिका र वडा नखुलेका ४३, २६, ३५, ४६, ५६, ५९, ३२, ३८, ३८, ३२, ४३, ५०, ५०, २६ वर्षीया महिला र ४१, ३५, ३४, ४२, ३४, १८, ५६, ३३, ४८, ५३, ३५, ५१, ४३, २९ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।
योसँगै तनहुँमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २०२ पुगेको छ । त्यस्तै मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button