तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा फेला परे एकै दिन ७० संक्रमित 

चौतारा । पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा ७० जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको छ । बिहीबार गरिएको २२६ जनाको स्वाब परीक्षणमा ७० जनाको नतिजा पोजेटिभ आएको हो । यो सँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या २ सय ५६ पुगेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकामा ४२, इन्द्रावती गाउँपालिकामा १४, लिसंखुपाखर गाउँपालिकामा ६, भोटेकोसी गाउँपालिकामा ३, बलेफी गाउँपालिकामा ३ र अन्य ठेगाना नखुलेको ३ गरी ७० जना कोरोना भाइरस संक्रमित भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँइले जानकारी दिनुभयो ।
कोभिड १९ को दोस्रो लहर सुरु भएयता सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भइसकेको छ भने ३ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button