तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप १ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप १ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२ सय ८८ जनाको पिसीआर परीक्षण गरिएकोमा १ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा १ सय जना पुरुष र ४५ जना महिला रहेका छन् ।
सङ्क्रमित मध्ये १ सय ५ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका २७ जना, रौतहटका ८ जना, सर्लाहीका ४, महोत्तरीका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह ९ वर्षदेखि ८५ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १५ दशमलव १ देखि ३५ दशमलव ७ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button