तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारण सल्यानमा थप एक जनाको मृत्यु 

सल्यान । कोरोनाबाट सल्यानमा थप एक जनाको मृत्यु भएको छ ।
जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा छत्रेश्वरी गाउँपालिका–१ दमाचौर निवासी ६३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
श्वास प्रश्वासको समस्या भएपछि उनी शुक्रवार जिल्ला अस्पताल सल्यानमा भर्ना भएका थिए । उनको उपचारका क्रममा गए राती मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत भीमकान्त जैसीले बताउनुभयो ।
योसँगै सल्यानमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button