तपाईँ सुन्दै हुनुहुन्छः

रुखले किचेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा रुखले किचेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार इटहरी १७ टिकुलियाका ५५ वर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको हो ।
शुक्रवार दिउँसो आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किच्दा गम्भीर घाइते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button