तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित २ भारतीय नागरिक पक्राऊ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागु औषधसहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतको प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० भुडा स्थित ३३ नम्बर पिल्लर हुँदै पैदल हिँड्दै गरेका भारतको पिलिभित जिल्ला टाटरगन्ज बस्ने २५ वर्षीय राजु भन्ने राजेन्द्र सिंह र भारतकै राजीस्थान बस्ने १६ वर्षीय कृशन सिंहलाई लागु औषधसहित पक्राउ गरेको हो ।

शुक्रवार राति पक्राउ परेका उनीहरूको साथबाट एउटा पोकोमा ११.४५० ग्राम र अर्को पोकोमा १.१८० ग्राम गरी जम्मा १२.६३० ग्राम खैरो हिरोइन बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

उनीहरूमाथि कानुन बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button