तपाईँ सुन्दै हुनुहुन्छः

२८ सांसदलाई कोरोना पुष्टि    

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजेटिभ पुष्टि भएको छ ।
प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा गरिएको पिसिआर परीक्षणमा थप १९ जनामा कोरोना पोजेटिभ देखिएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
यसअघि नौ सदस्यलाई कोरोना पोजेटिभ देखिएको थियो । पछिल्लो नतिजासँगै कोरोनाबाट संक्रमित हुने सांसद २८ पुगेका छन् ।
यस्तै सचिवालयका कर्मचारी, मर्यादा पालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला समाजसँग आबद्ध पत्रकार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरूको गरिएको पिसिआर परीक्षणमा १४१ जनामा  कोभिड–१९ पोजेटिभ देखिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button