तपाईँ सुन्दै हुनुहुन्छः

जानकी मेडिकल कलेजद्वारा दुई सय बेडको वार्ड सञ्चालन 

जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको रमदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालले आज देखि २ सय बेडको कोरोना विशेष वार्ड सञ्चालनमा ल्याएको छ ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिको निर्णय तथा मेडिकल कलेजले गरेको प्रतिबद्धता अनुसार आज देखि कोभिड वार्ड सञ्चालनमा ल्याएको हो ।
जानकी मेडिकल कलेजले ५० शैयामा अक्सिजन ग्याँस जडान गरेर सञ्चालनमा ल्याएको छ भने बाँकी बेडहरूमा अक्सिजनको पाइप लाइन जडान गर्ने काम भइरहेको र चाडै सबै बेड सञ्चालनमा आउने कोभिड वार्डको व्यवस्थापन गर्दै आएका व्यवस्थापक प्रमोद सुवेदीले जानकारी दिनु भएको छ ।
यसैगरी आजैबाट आई सी यु वार्ड सञ्चालन गरेको छ भने भेन्टिलेटर पनि चाँडै जडान गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button