तपाईँ सुन्दै हुनुहुन्छः

उपेन्द्रले चलाएको भ्रममा नपर्न देउवालाई ठाकुरको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिनुहुने भएपछि राजनीतिक दलहरू आन्तरिक तथा अन्य दलहरूसँगको छलफलमा व्यस्त देखिन्छन् ।

यसैक्रममा जनता समाजवादी पार्टीका नेताहरू अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठस्थित देउवा निवास पुगेर भेटवार्ता गर्नुभएको छ ।

काग्रेंस सभापतिसँगको वार्तामा अध्यक्ष ठाकुर र महतोले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारेमा पार्टीमा कुनै निर्णय भई नसकेको जानकारी गराएको जसपाका एक नेताले बताउनुभयो ।

उहाँका अनुसार, जसपाका नेताहरू ठाकुर र महतोले आफ्नो पार्टीले कुनै निर्णय गरी नसकेकोले उपेन्द्र यादव समूहले प्रचार गरे जस्तो अवस्था नरहेकोले भ्रममा नपर्न कांग्रेस सभापति देउवालाई जानकारी गराउनुभएको थियो ।

कांग्रेस सभापति देउवासँगको भेटपछि जसपाका नेताहरू ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छुट्टै छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button