तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश : कोरोना सङक्रमणका कारण ११ जनाको मृत्यु

पर्वत । गण्डकी प्रदेशमा कोरोना सङक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज एक विज्ञप्ति प्रकाशित गरी मृतकहरूको विवरण सार्वजनिक गरेको हो ।
पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ६ जना कास्कीका रहेका छन् । स्याङ्जाका दुई, पर्वत, म्याग्दी र रुपन्देहीका एक÷ एक जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका–१२ का ३५ वर्षका महिला, पोखरा महानगरपालिका–१७ का ५३ वर्षीय पुरुष, पोखरा महानगरपालिका–९ का ३१ वर्षका महिला, पोखरा महानगरपालिका–२ का ५८ वर्षीय महिला, पोखरा महानगरपालिका–२७ का ५२ वर्षीय पुरुष र पोखरा महानगरपालिका–१९ का ५८ वर्षका पुरुषको मृत्यु भएको छ ।
यस्तै पर्वतको कुश्मा नगरपालिका–१३ का ४२ वर्षीय पुरुष, स्याङ्जाको वालिङ नगरपालिका–३ का ४५ वर्षिया पुरुष, स्याङ्जाकै गल्याङ नगरपालिका–३ का ६० वर्षिया महिलाको मृत्यु भएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–५ का ५८ वर्षीय पुरुष र रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–८ का ६० वर्षीय पुरुषको पनि पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button