तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।
दोधाराचांदनी नगरपालिका १ पक्की पुल नजिकबाट म.२.प ७१०० नम्बरको स्कुटरसहित स्थानीय ३३ वर्षीय प्रेम दत्त भट्ट र वदेकोट नगरपालिका २ बस्ने ३२ वर्षीय केशव खत्रीलाई १४.६९ ग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताउनुभयो ।
दुवै जनालाई नियन्त्रणमा लिएर कानुन बमोजिम थप अनुसन्धान  भइरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button