तपाईँ सुन्दै हुनुहुन्छः

मदिरा सेवन गरी कुटाकुट हुँदा एकको मृत्यु 

फाइल फोटो
ओखलढुङ्गा । ओखलढुङ्गामा मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका १ रगनीको आरुबोटका ६० वर्षीय महेश कुमार खड्काको मृत्यु भएको हो ।
शनिबार बेलुका करिब ८ः४५ बजे स्थानीय ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेका थिए । दुवै जनाले मदिरा सेवन गरेका थिए । घरैमा आएर सुनुवारले हत्या गरेको गरेको भन्दै खड्काका परिवारले कारबाहीको माग गरेका छन् । खड्काको शव पोष्टमार्टम गर्ने तयारी भइरहेको छ ।
कुटाकुटका क्रममा सुनुवार समेत घाइते भएकाले स्थानीय क्लिनिकमा उपचार पश्चात् इलाका प्रहरी कार्यालय खिजीफलाटेले नियन्त्रणमा लिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button