तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप १ सय १९ जनामा कोरोना सङ्क्रमण, तीनको मृत्यु

पाल्पा । पाल्पामा आइतबार थप १ सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भने थप तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुने तीनै जना तानसेनका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा आएको नतिजासँगै पाल्पामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार २ सय २३ पुगेको छ ।
जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३५ पुगेको छ । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button