तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभामा विपक्षी दलद्वारा विशेष अधिवेशन माग

रुपन्देही । लुम्बिनी प्रदेशसभाका विपक्षी दलले विशेष अधिवेशनको माग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका विपक्षी दलले प्रदेश प्रमुखलाई भेटेर विशेष अधिवेशनको माग गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेल वैशाख १९ गते एकल बहुमतका आधारमा पुनः नियुक्ति हुनुभएपछि तत्काल यो प्रस्ताव कानुन विपरीत रहेको कानुनविद्को भनाइ छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी अविश्वासको प्रस्ताव माथि छलफल गर्न विशेष अधिवेशन बोलाउन आग्रह गरेका हुन् ।
विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आइतबार फेरी अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वासको प्रस्तावमार्फत माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button