तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा ‘को भिड–नो भिड’ अभियान

मकवानपुर । नेपाल खेलकुद महासङ्घ मकवानपुर जिल्ला कमिटीले हेटौँडामा आज “को भिड–नो भिड” अभियान सुरु भएको छ ।

महासङ्घको राष्ट्रिय अभियान अन्तर्गत आज हेटौँडा उपमहानगरपालिकाको दक्षिणी नाका रातोमाटे चेक पोष्टमा ब्यानर, पमप्लेट बोकेका युवाहरूले माक्स लगाऔँ, साबुन पानीले हात धोऔँ, सामाजिक दुरी कायम गरौँ लगायतका चेतनामूलक प्लेकार्डसहित सचेतना अभियान चलाएका हुन् ।

कोरोना सङ्क्रमणबाट बच्न र सङ्क्रमणलाई न्यूनीकरण गर्नको लागि सचेतना अभियान महत्त्वपूर्ण रहेको भन्दै महासङ्घको केन्द्रीय कमिटीले मातहतको सबै कमिटीमार्फत यो अभियान सञ्चालन गरेको महासङ्घका केन्द्रीय उप–महासचिव धरम लामाले जानकारी दिनुभयो ।

हेटौँडाको सबैभन्दा व्यस्त नाकामा अभियान सञ्चालन गर्दा धेरैभन्दा धेरै व्यक्तिहरूलाई सचेत गर्न सकिने हुँदा आफूहरूले रातोमाटे नाकामा यो अभियान चलाएको महासङ्घ मकवानपुरका अध्यक्ष सविन मोक्तानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button