तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट वडा सदस्यको निधन

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ का वडा सदस्य तारा कसेराको आज भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
५० वर्षीय कसेरा एक साता अघि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभएको थियो । दुई साता बढी समयदेखि बिरामी उहाँको अवस्थामा सुधार नभएपछि आज दिउँसो २ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
चैत २० गते कोरोना पुष्टि भएपछि उहाँ त्यसै दिन अस्पताल भर्ना हुनुभएको जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो । कसेरालाई सुगर र प्रेसरको समस्या रहेको बताइएको छ । यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय ८४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button