तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा दर्ता गरेको अविश्वास प्रस्तावको कुनै औचित्य छैन : नेकपा एमाले

रुपन्देही । विपक्षी ४ दलको गठबन्धनले   लुम्बिनी प्रदेशमा पुनः दर्ता गरेको अविश्वासको प्रस्तावको कुनै औचित्य नभएको नेकपा एमालेले जनाएको छ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले अविश्वास प्रस्ताव दर्ता संविधानसम्मत नभएकाले यसको कुनै औचित्य नभएको बताउनुभयो । ‘संविधानमै यो व्यवस्था छैन, यसको कुनै अर्थ छैन’ ढकालले भन्नुभयो। यो प्रचारबाजीका लागि गरिएको खेल मात्र हो ।
विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आइतबार बिहान अविश्वासको प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशन माग गरी प्रदेश प्रमुखलाई अनुरोध पत्र बुझाएका छन् ।
यसअघि वैशाख ६ गते चार दलीय गठबन्धनले मुख्यमन्त्रीविरुद्ध अविश्वास दर्ता गरेका थिए। त्यही अविश्वासको प्रस्तावपछि आह्वान गरिएको विशेष अधिवेशनमा छलफल गर्ने तयारी हुँदै गर्दा मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिई एमालेको एकल बहुमतको सरकार बनेपछि यसको अन्त्य  भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button