तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी र आन्दोलनलाई क्षति पुर्‍याउने काममा संलग्न नहुन प्रम ओलीको आह्वान

file photo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र आन्दोलनलाई क्षति पुर्‍याउने काममा संलग्न नहुन सांसदहरूलाई आग्रह गर्नुभएको छ ।

एक प्रेस वक्तव्य जारी गर्नुहुँदै नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीले सामूहिक राजीनामा अपराध कर्म भएकाले जानी नजानी कुनै पनि हिसाबले त्यस कार्यमा संलग्न नहुन सबै सांसदलाई हार्दिक आह्वान र आग्रह गर्नुभएको छ ।
‘यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो । यस पार्टीका इमानदार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु ।’ प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख छ ।
प्रधानमन्त्रीको वक्तव्य

प्रतिक्रिया राख्नुहोस्

Back to top button