तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा आज ३२८ जनामा संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६२३ जनाको परीक्षणमा प्रदेशका ३२८ जनामा संक्रमण पुष्टि भएको हो ।
सबै भन्दा धेरै कैलालीमा संक्रमित फेला परेका छन् । कैलालीमा मात्रै ३१३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
कैलालीमा पनि धनगढी उपमहानगरपालिका भित्र २४० जनामा संक्रमण पुष्टि भएको हो ।  कैलाली जिल्ला बाहिरका १५ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा २ जना निको भएका छन् भने ३ जना अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button