तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा आज १६२ जनामा कोरोना संक्रमण, थप ३ जनाको मृत्यु

मकवानपुर । मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा थप १ सय ६२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
आज पिसिआर विधिबाट १७९ र एन्टीजेन विधिबाट ९० जनाको गरी कुल २६९ जनाको परिक्षण गर्दा १२८ जना र ३४ जना गरी थप १ सय ६२ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । आज सबैभन्दा बढी हेटौँडाका १ सय २९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट २८ जना र संस्थागत आइसोलेसनबाट ६ जना गरेर ३४ जना कोरोना मुक्त भएको कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।
कोरोना संक्रमण मुक्त हुने सबै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । यो सँगै मकवानपुरमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ३ हजार ९ सय ६५ पुगेको उहाँले जानकारी दिनुभयो ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । योसँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ ।
हाल मकवानपुरमा १ हजार ४ सय ३८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा १ हजार ३ सय ८५ जना घरमा र ५३ जना आइसोलेसनमा उपचाररत रहेका प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button