तपाईँ सुन्दै हुनुहुन्छः

अक्सिजनसहितको १० शैयाको आइसोलेसन वार्ड निर्माण 

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा युवाहरूले अक्सिजनसहितको १० शैयाको आइसोलेसन वार्ड बनाएका छन् ।
वडा नम्बर २ स्थित पशुपतिनगरमा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा अक्सिजनसहितको १० शैयाको आइसोलेसन वार्ड तयार गरिएको सामाजिक अभियन्ता प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा यसको जोखिम पक्षलाई मध्यनजर गर्दै अरूको ज्यान बचाउन आफूहरूले सकेको आइसोलेसन वार्ड तयार गरेको ढुङ्गानाले बताउनुभयो ।
१० शैयाको आइसोलेसन वार्डमा ३ वटा अक्सिजन सहितको सिलिन्डर राखिएको छ । अब सञ्चालनमा आउने सो वार्ड आवश्यकताको आधारमा बढाउन पनि सकिने ढुङ्गानाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button