तपाईँ सुन्दै हुनुहुन्छः

पर्वत र म्याग्दीका गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु

पर्वत । कोरोना संक्रमणबाट पर्वत र म्याग्दीमा थप एक/एक जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतको कुश्मा नगरपालिका ४ का ६७ वर्षका पुरुष र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षका पुरुषको मृत्यु भएको हो ।

पर्वतका संक्रमितको पोखरा स्वास्थ्य विज्ञा प्रतिष्ठानमा र म्याग्दीका संक्रमितको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गण्डकी प्रदेशमाकोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ६५ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button