तपाईँ सुन्दै हुनुहुन्छः

हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनिय नहुनेतर्फ प्रधानमन्त्रीले गराउनुभयो सांसदहरुको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्रीका पक्षमा मतदान गर्न दलका तर्फबाट पुनः आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ ।

उहाँले आज बिहान ट्वीट गर्दै यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भएकाले हतारोमा कुनै अनुचित निर्णयमा जान वाञ्छनीय नहुनेमा सबै सांसदको ध्यानाकर्षण गराउनुभएको छ ।

“आउनुस्, केही समस्या भए सँगै बसौंँ, छलफल गरौंँ र समाधान गरौंँ”, प्रधानमन्त्री ओलीको ट्वीटमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button