तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियाका युवा उद्यमीद्वारा अक्सिजन बैकको स्थापना

बर्दिया। बर्दियामा मेरो लागी अक्सिजनमा मेरो योगदान भन्दै बर्दियामा अक्सिजन बैङ्क शुभारम्भ गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमणको अवस्था झनझन बढ्दै गएपछि बर्दियामा पनि अक्सिजनको समस्या देखिएको हो  ।

बर्दिया जिल्लामा अक्सिजनको अभाव हुन नदिन तथा अभाव भएका सबै पालिकाको स्वास्थ्य संस्थामा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम तत्कालै अक्सिजन आपूर्ति गर्न सहजीकरण गर्ने उद्देश्यका बैङ्क खोलिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वय, बर्दियाका उद्योगी, व्यापारी, सङ्घसंस्था, समाजसेवी हरुको सक्रियतामा बर्दिया प्रशासन भित्र अक्सिजन बैङ्क स्थापना गरिएको र अहिले १२ थान सिलिन्डर उपलब्ध रहेको बर्दिया अक्सिजन बैङ्क सञ्चालन समन्वय समिति,बर्दियाको संयोजक भेषराज (भरत) पौडेलले जानकारी दिनु भयो  ।

आवश्यक परेका बिरामीहरुलाइ निःशुल्क सिलिन्डर उपलब्ध गराउने पौडेलले बताउनुभयो । बर्दियामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुग्दा १५ सय भन्दा बढी संक्रमित पुगेका छन् । भारतसँगको खुला सिमानाका बाट लुकिछिपी नागरिकहरू आउनु, छिमेकी जिल्लाहरूबाट पनि मानिसहरू प्रवेश हुनु लगायत कारणले संक्रमण बढ्दै गएको छ । समुदाय स्तरमा कोरोना संक्रमण व्यापक रुपमा बढ्नाले उपचारमा समेत चुनौती देखिने खतरा रहेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो  ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button