तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा निषेधाज्ञा जेठ ३ गतेसम्म लम्ब्याइयो

नेपालगन्ज। बाँकेमा बैशाख १३ गतेदेखि जारी निषेधाज्ञा जेठ ३ गतेसम्म लम्बिएको छ । जेठ ३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी नै रहनेछ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा आज जारी आदेशमा बाँकेमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको चेन तोड्न बैशाख १३ गते राति १२ बजेदेखि जिल्लाभर लगाइएको निषेधाज्ञा जेठ ३ गते राति १२ बजेसम्म थप गरिएको उल्लेख छ ।

यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । पसल व्यवसाय सञ्चालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिंड्डुलमा पनि निषेध गरिएको छ । एटिएम लगायत सीमित सङ्ख्याका कर्मचारीद्वारा दैनिक बढीमा ३ घण्टा बैङ्क सेवा भने खुला रहनेछ ।

दैनिक उपभोग्य बस्तु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न दिइने सूचनामा उल्लेख छ । नेपालगन्ज उपमहानगरपालिकामा भने नै बैशाख ८ गते राति १२ बजेदेखि नै निषेधाज्ञा लगाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button