तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त नगरपालिकामा गरिब तथा विपन्नलाई पिसिआर परीक्षण शुल्क छुट

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिकाले नगर भित्रका गरिब तथा विपन्न परिवारका सदस्यहरूलाई कोरोना परीक्षणका लागि लाग्ने शुल्कमा छुट गर्ने भएको छ ।
नगरपालिकाद्वारा गठित कोभिड –१९ निर्देशन  तथा समन्वय  समितिको बैठकले भिमदत्त नगर क्षेत्र भित्र स्थायी रुपमा बसोबास गर्ने गरिब तथा विपन्नता प्रमाण पत्रका आधारमा र ज्येष्ठ नागरिक, एकल महिला, महिला स्वयंसेविका, नगरपालिकाका कर्मचारी अपाङ्गता भएका व्यक्तिको पिसिआर परीक्षण शुल्क छुट गर्ने निर्णय गरेको नगर प्रवक्ता हिमालय चन्दले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button