तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

बागलुङ ।  कोरोना सङ्क्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।
धौलागिरी अस्पतालको आइसियु कक्षमा उपचार गराइरहेका पर्वत कुश्मा नगरपालिका वडा नम्बर १ का ४७ बर्षीया पुरुषको मृत्यु भएको हो ।
वैशाख २० गते धौलागिरी अस्पताल भर्ना भएका उनलाई २१ गते कोरोना पोजेटिभ देखिएको थियो ।
उनको गए राती १ः०० बजे धौलागिरी अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो  ।
योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुने सङ्ख्या १५ पुगेको छ । जिल्लामा पछिल्लो केही दिन यता कोरोना सङ्क्रमणको दर तीव्र गतिमा बढिरहेको छ ।
हाल जिल्लामा सक्रिय कोरोनाका सङ्क्रमितको सङ्ख्या २ सय ९९ रहेको घिमिरेले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button