तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा उपचारको क्रममा थप ५ जना कोरोना सङ्क्रमितको मृत्यु

बीरगंज । बीरगञ्जमा उपचाररत थप ५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
बीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत तीन जना, बीरगंज हेल्थ केयर र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पताल होटल बाबा इन्टरनेशनलमा एक/एक जना गरी पाँच जनाको मृत्यु भएको हो  ।
बीरगंजको नारायणी अस्पतालमा आज बिहान १०ः४५ बजे बारा बेहरीका ७० वर्षीय परुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
मृतक पुरुषको उच्च निमोनियाको कारण श्वास प्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा.दासले बताउनुभयो ।
यसै गरी नारायणी अस्पतालमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसीयाडी बैरीयाका ६५ वर्षीय पुरुषको पनि आज बिहान ९ः०० बजे उपचारको क्रममा मृत्यु भएको  छ ।
वैशाख २३ गते अस्पतालमा भर्ना भएका पुरुषको एन्टिजेन रिपोट पोजेटिभ आएको र उपचारकै क्रममा आज बिहान मृत्यु भएको डा.दासले बताउनुभयो ।
त्यस्तै नारायणी अस्पतालमै बारा निजगढ नगरपालिका वडा नम्बर ७ निवासी ६० वर्षीय पुरुषको आज बिहान २ः०० बजे उपचारको क्रममा मृत्यु भएको छ ।
वैशाख १७ गते अस्पतालमा उपचारका लागी भर्ना भएका पुरुषको एन्टिजेन परीक्षणको रिपोट पोजेटिभ आएको र कोरोना सङ्क्रमणकै कारण उनको मृत्यु भएको डा.दासले जानकारी दिनुभयो ।
बीरगंज हेल्थ केयरमा उपचाररत बीरगंज महानगरपालिका वडा नम्बर १० निवासी ६० बर्षीया महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिनुभयो ।
त्यसै गरी पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर ५ निवासी ३८ वर्षीय महिलाको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पताल होटल बाबा इन्टरनेशनलमा उपचारको क्रममा गए राति मृत्यु भएको श्रीबास्तबले बताउनुभयो ।
३८ वर्षीय महिलालाई २५ गते कोभिड अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा गए राति निधन भएको श्रीबास्तबले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button