तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आजको प्रतिनिधि सभाको बैठकमा एक मत भएर प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने भएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटमा संसद्मा प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय भएको भेटपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो ।
भेटमा संसद्मा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको नेकपा एमालेको माधव–झलनाथ समूहसँग सहकार्य कसरी बलियो बनाउने भन्ने विषयमा पनि छलफल भएको नेता पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button