तपाईँ सुन्दै हुनुहुन्छः

बिपी प्रतिष्ठान कोभिड अस्पतालमा उपचाररत ३ जना  कोरोना सङ्क्रमितको मृत्यु

सुनसरी । बिपी प्रतिष्ठान कोभिड अस्पतालमा उपचाररत ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी–२ का ५८ वर्षीय पुरुष, बिर्तामोड–५, झापाका ६२ वर्षीय पुरुष र विराटनगर–८, मोरङका ५६ वर्षीय पुरुष रहेको बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिनुभयो ।
इटहरीका ५८ वर्षीय पुरुष गत वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि  सोही दिन अस्पताल भर्ना भएका थिए ।
इटहरी ठेगाना भएका मृतकमा कुनै पनि दीर्घ रोग नरहेको तर अरू २ जनामा अन्य दीर्घ रोग रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।
मृतकहरूको शवको व्यवस्थापन नियमानुसार गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button