तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली अस्पतालमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु 

कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा आज थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका वडा नम्बर ४ का २० वर्षीय महिला, वडा नम्बर ६ का ४० वर्षीय पुरुष र ६८ वर्षीय महिला, वडा नम्बर ७ का ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको महाकाली अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले बताउनुभयो ।
त्यसै गरी पछिल्लो २४ घण्टामा १७ जनाले कोरोना जितेर घर फर्केका छन् भने १६ जना नयाँ सङ्क्रमित अस्पताल भर्ना भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button