तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पताल

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टर कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ ।

सरकारको निर्णयअनुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो ।

सेन्टरका निर्देशक डा.सन्तोष पौडेलले सङ्क्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गरिएको बताउनुभयो ।

यसअघि गत वर्ष पनि सङ्क्रमणको महामारी चलेका बेला सेन्टरले कोभिड–१९ का बिरामीलाई मात्र उपचार गरेको थियो ।

अहिले ५० शय्यामा सङ्क्रमितको उपचार गरिएको सेन्टर बुधवारसम्ममा पूर्ण रुपमा सञ्चालन हुने छ ।  उहाँले सेन्टरमा रहेका घाइते र बिरामीलाई अन्यत्र सारेर पूर्ण रुपमा कोभिड–१९ अस्पताल बनाइने जानकारी दिनुभयो ।

सेन्टरमा १० सघन उपचार कक्ष र २०० शय्या छन् । उहाँले थप आइसियु र भेन्टिलेटर थपेर अस्पताललाई व्यवस्थित बनाइने बताउनुभयो । अहिले सेन्टरमा ७० सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button