तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित ३० जना सांसदहरूलाई मतदान प्रक्रियामा सहभागी गराउन टेन्टमा बस्ने व्यवस्था

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा कोरोना संक्रमित ३० जना सांसदहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको मतदान प्रक्रियामा सहभागी गराउन टेन्टमा बस्ने व्यवस्था मिलाइएको थियो ।

कोरोना संक्रमण परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका सांसदहरूलाई मात्रै संसद् भवन भित्र जाने व्यवस्था मिलाइएको थियो ।
यसैबिच, प्रतिनिधिसभाको आजको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु भएको थियो ।
बैठकमा सभामुख सापकोटाले प्रतिनिधि सभामा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन पनि गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button