तपाईँ सुन्दै हुनुहुन्छः

संविधान संशोधनको माग पूरा नभएकाले जसपा तटस्थ बस्ने : महन्थ ठाकुर

काठमाडौँ । विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष कतै पनि नलाग्ने बताउनुभयो ।
अध्यक्ष ठाकुरले अहिलेको संविधानकै कारण आफ्ना नेताहरू तथा कार्यकर्ताहरू जेल र तारेखमा बस्ने अवस्था रहेको भन्दै संविधान संशोधनको आफ्नो माग अहिलेसम्म पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिएको बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालका अर्का नेता उपेन्द्र यादवले  विश्वासको मत दिन नसक्ने र विरुद्धमा मतदान गर्ने र विकल्प खोज्ने बताउनुभयो ।
नेता यादवले जुन सदनलाई प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले विघटन गर्नुभयो त्यही संसदमाथि उहाँकै विश्वास नरहेको अवस्थामा आफूहरूले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button