तपाईँ सुन्दै हुनुहुन्छः

विश्रामपुरबाट ७० केजी गाँजा बरामद

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरबाट प्रहरीले ७० किलो ग्राम भन्दा बढी अवैध लागु औषध गाँजा बरामद गरेको छ ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुर निवासी सोती कलवारले घरबाट अवैध रुपमा गाँजाको कारोबार गरिरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको प्रहरी टोलीले घरमा छापा मार्दा ७० केजी ४८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
कलवार आफु सुत्ने कोठाको खाटमुनि ८ प्याकेट, ४ वटा बाल्टिनभित्र ८ थान गरी जम्मा १६ वटा पोकाभित्र लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको खनालले बताउनुभयो ।
गाँजा बरामद भए पनि घर धनी कलवार भने फरार भएको र निज विरुद्ध आज अवैध लागु औषध गाँजाको कारोबारमा संलग्न भएको आरोपमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको  जानकारी दिएको खनालले दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button