तपाईँ सुन्दै हुनुहुन्छः

सांसद गहतराजद्वारा अक्सिजन सिलिन्डरका लागि ३० लाख विनियोजन

बाँके । सङ्घीय सांसद महेश्वर गहतराज ‘अथक’ले बाँकेका तीन वटा स्थानीय तहलाई अक्सिजन सिलिन्डर खरिदका लागि ३० लाख रकम उपलब्ध गराउने घोषणा गर्नुभएको छ । कोरोना महामारीको चपेटमा परेको बाँकेवासीको सुविधाका लागि सांसद अथकले ३० लाख रकम छुट्टाउने बताउनुभएको हो ।
बाँके निर्वाचन क्षेत्र नं–१ बाट निर्वाचित सांसद अथकले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कोहलपुर, नरैनापुर र राप्तीसोनारी गाउँपालिकालाई अक्सिजन खरिदका लागि ३० लाख रकम उपलब्ध गराउन लाग्नुभएको हो ।
सांसद अथकका सचिवालय सचिव शिव सुनारका अनुसार कोहलपुर नगरपालिकालाई १५ लाख, नरैनापुर गाउँपालिकालाई १० लाख र राप्तीसोनारी गाउँपालिकालाई ५ लाख रकम विनियोजन गरिएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत तत्काल अक्सिजन सिलिन्डर खरिदका लागि ३० लाख रकम छुट्ट्याइएको सुनारले जानकारी दिनुभयो । पछिल्लो समय बाँके कोरोनाको ‘हटस्पट’ बनेको छ । संक्रमित अत्यधिक बढेसँगै बाँकेमा अक्सिजनको अभाव देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button