तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी गाउँपालिकाको सेवा चार दिन बन्द

जुम्ला । तातोपानी गाउँपालिकाको सेवा चार दिनका लागि लागि बन्द भएको छ । गाउँपालिकाका एक जना कर्मचारीलाई कोरोना संक्रमण पृष्टी भएपछि जोखिम कम गर्न पालिकाका सबै सेवा बन्द गरिएको हो ।
गाउँपालिका भित्रका एक जना वडा सचिवलाई कोरोना संक्रमण भएको हो । सङ्क्रमितको परिचय खुलाइएको छैन । दोस्रो लहरको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रलाइ प्रभावकारी बनाउन तथा अन्य कर्मचारी र जनप्रतिनिधिलाई सङ्क्रमणबाट जोगाउन पालिकाको सेवा चार दिन सेवा बन्द गरिएको गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रशासनिक सेवा २८ गतेदेखि वैशाख ३१ गते सम्मका लागि सेवा बन्द गरिएको हो ।
हाल सम्म तातोपानी गाउँपालिकाका एक जना कर्मचारी सहित ४ जना व्यक्ति संक्रमित भएका छन् । हाल सबै जना होमआईसोलेसनमा बसेका छन् । उनीहरूलाई वडाका जनप्रतिनिधिहरुले प्रत्यक्ष निगरानी गरिरहेका छन् भने तातोपानीमा नयाँ एम्बुलेन्स आउने तयारीमै रहेको र हाल रहेको जनप्रतिनिधि चढ्ने गाडीलाई नियमित बिरामी बोक्ने गरी प्रयोग गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
चार दिनसम्म गाउँपालिकाका सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति तातोपानी गाउँपालिकाले क्षमा समेत मागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button