तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से दोहोरो अङ्कले बढ्यो 

काठमाडौँ । नेपाली शेयर बजारमा सोमबार कारोबार सूचक नेप्से दोहोरो अङ्कको वृद्धि भएको छ ।
यस दिन नेप्से सूचक २७.४१ अङ्कले बढेर २६४५.८४ विन्दुमा पुगेको छ भने संवेदनशील सूचक पनि ४.३५ अङ्कले बढेको छ ।
सोमबार नेप्से सूचक सकारात्मक देखिए पनि कारोबार रकम उल्लेख रुपमा घटेको छ । आइतबार ५ अर्ब बढीको कारोबार भएकोमा सोमबार ४ अर्ब २० करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।
बजारमा सोमबार २१८ वटा कम्पनीका ७५ लाख ७९ हजार ३ कित्ता शेयरहरू ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँमा किनबेच  भएका छन् ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ भने राष्ट्रिय बिमा कम्पनी सहित तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button