तपाईँ सुन्दै हुनुहुन्छः

बहराइनका राजकुमारसहितका आरोहीहरुद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

बहराइनका राजपरिवारका १२ सदस्य तथा ३६ जना नेपाली सम्मिलित टोलीले आज (मंगलवार) बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको हो ।

आज बिहान ५ : ३० देखि ६ : ४५ को समयमा सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

यो जारी सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो ।उक्त टिम ८८४८.८६ मिटर उचाइ कायम भएपछि सगरमाथा आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टिम पनि बनेको छ ।

बहराइनका राजकुमार खलिफासहितको टोलीले यसअघि लोबुचे र मनास्लु हिमाल आरोहण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button