तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको पोर्ताहमा ट्रकको ठक्करबाट एक दम्पतीको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहमा आज बिहान मालवाहक ट्रकको ठक्करबाट एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३८६१ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा साइकलमा सवार हनुमाननगर कंकालिनी नगरपालिका १ भलुवाका ५० वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४५ वर्षीया सुनिता देवीको मृत्यु भएको हो ।
आवश्यक कामले साइकलमा सवार भएर घर नजिकै रहेको बरमझिया बजार जाने क्रममा विपरीत दिशाबाट आएको ट्रकले उनीहरूलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
मृतकको शव हाल भारदह अस्पतालमा राखिएको छ भने पोष्टमार्टमकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने तयारी भइरहेको छ । चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button