तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा कोरोनाले १२ जनाको मृत्यु

 पर्वत । गण्डकी प्रदेशमा आज कोरोना सङ्क्रमित १२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीका ६ जना, म्याग्दीका २ जना, रुपन्देहीका २ जना, स्याङ्जा र तनहुँका एक/एक जना रहेका छन् । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाका ६ की ३२ वर्षिया महिला, पोखरा महानगरपालिका १ का ४० वर्षीय पुरुष, पोखरा महानगरपालिका १७ का ८४ वर्षीय पुरुष, पोखरा महानगरपालिका १६ का ६० वर्षिया महिला, पोखरा महानगरपालिका ६ का ५२ वर्षीय पुरुष, पोखरा महानगरपालिका ८ का ६५ वर्षीय पुरुष रहेका छन् ।

यस्तै म्याग्दीको बेनी नगरपालिका ९ का ५२ वर्षिया महिला, म्याग्दीकै बेनी नगरपालिका १ का ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । निर्देशनालयका अनुसार स्याङजा जिल्ला भीरकोट नगरपालिका १ का ६८ वर्षीय पुरुष, तनहुँ जिल्ला व्यास नगरपालिका १ का ५७ वर्षिया महिला, रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका १६ का ५५ वर्षिया महिला, रुपन्देहीकै सैनामैना नगरपालिका १ का ४० वर्षीय पुरुषको पनि पोखरामा मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button